> राष्ट्रिय > पूर्व सभामुख महरा निर्दोष ठहर


पूर्व सभामुख महरा निर्दोष ठहर

प्यूठान समाचार सम्वाददाता
प्यूठान, ५ फागुन ।
जिल्ला अदालत काठमाण्डौंले पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष रहेको भन्दै सफाई दिएको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन हिंसाको आरोप लागेका महरालाई न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सफाइ दिन ठहर गर्दै उक्त फैसला गरेको हो ।
आइतबार दुबै पक्षका कानुन व्यबसायीबाट बहस सकिए पनि समय अभावका कारण उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लव मैनाली, दिनमणी पोखरेल, डा.भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो । विगत तीन महिना देखि महरा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!