> समाज > प्युठानको दुर्गम ठाउँमा नागरिक सुनुवाई कार्यक्रम


प्युठानको दुर्गम ठाउँमा नागरिक सुनुवाई कार्यक्रम

प्युठान । नागरीक मैत्री प्रभावकारी प्रहरी सेवा बिस्तार गर्ने उद्देश्यले प्रहरीले नागरीक सुनुवाई कार्यक्रम गरेको छ । नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलीबाङ वडा कार्यालयको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।

 

नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षता र समुदाय प्रहरी साझेदारी जिल्ला कार्य समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेको बिशिष्ठ आतिथ्यता र यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. इश्‍वर थापा, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, नौबहिनी गाउँपालिकाका जनप्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, शिक्षक वर्ग, सञ्चारकर्मीहरु, स्थानिय भद्रभलाद्मी, बुद्धिजिवी लगायत स्थानिय नागरिकहरु गरी ६७ जनाको सहभागितामा “नागरिक सुनुवाई” कार्यक्रम सञ्चालन गरिएको थियो ।

 

नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक इश्‍वर थापाले प्यूठान जिल्ला तथा नौबहिनी गा.पा. को अपराध तथ्यांकको बारेमा प्रस्तुतीकरण गर्नुका साथै नागरिक सुनुवाईको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो । साथै कार्यक्रमको महत्त्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

 

कार्यक्रममा उठेका सवालहरुको बारेमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुखले जवाफ दिनु भएको थियो । सोही कार्यक्रममा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले उठेका प्रश्‍नहरुको जवाफ दिनुका साथै नागरिक सुनुवाईको आवश्यकता र महत्वको बिषयमा प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नागरिक सुनुवाईको आवश्यकता सहित सुशासनको बारेमा जानकारी दिनुभएको ।