प्युठान । प्युठान डान्स आईडल स्वर्गद्वारी नगरपालिकाकी बिरा घर्तीमगरले जित्नुभएको छ ।
आज भएको ग्रान्ड फिनालेमा घर्तिमगर बिजेता बन्दै ५५ हजार ५५५ रुपियाँ नगद सहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्राप्त गर्नुभएको छ ।
त्यस्तै दोस्रो गौमुखी गाउपालिका बाट रेजिना केसिको ग्रुप भएको छ भने तेस्रो प्युठान नगरपालिकाकी सरस्वती घर्ती मगर हुनुभएको छ । दिस्रोले ३३ हजार ३३३ र तेस्रोले २२ हजार २२२ रुपियाँ पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र उपहार पाएका छन ।
त्यस्तै चौथो मल्लरानी गाउपालिकाबाट एलिसा थापा र पाचौ प्युठान नगरपालिकाबाट अर्जुन भन्डारी हुनुभएको छ । चौथो र पाँचौलाई ट्रफी र उपहार दिईएको छ ।
कार्यक्रम संयोजक प्यार अलि खानले निर्णायकको मूल्याकंन र भोटको आधारमा बिजेता छानिएको बताउनुभयो । जिल्लाका ९ वटै स्थानीय तहमा पुगेर पालिका अडिसन लिएको उहाँले जानकारी दिनुभयो । जसबाट ५१ जना महोत्सवको मन्चसम्म पुगेका थिए ।
डान्स आईडलको निर्णायकमा नृत्य निर्देशक, मोडल तथा डान्सर साहिर केसी र बबिता धिताल रहनुभएको थियो । पालिका अडिसनको निर्णायकमा राजबाबु नेपाली र शुशिला नेपाली रहनुभएको थियो ।