> राष्ट्रिय > प्यूठानमा एक साता बन्दाबन्दी गर्ने निर्णय


प्यूठानमा एक साता बन्दाबन्दी गर्ने निर्णय

प्यूठान, १७ बैशाख । प्यूठानमा एकसाता बन्दाबन्दी(लकडाउन) गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले शनिबारदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

शनिबार विहान ६ बजेदेखि निर्णय कार्यान्वयनमा आउने प्रजिअ भुसालले बताउनुभयो । लकडाउनको समयमा अत्यावश्यक एम्बुलेन्स, दमकल, शवबाहान, खाद्य सामाग्री, पशुपन्छी, फलफुल, दुधडेरीका गाडी निरन्तर चल्नेछन् ।

 

स्वास्थ्यकर्मीका गाडी, सरकारी गाडी, सञ्चारकर्मीका प्रेस पासका गाडी बाहेकका अन्य सवारी साधन बन्द हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *