प्यूठान, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ ।
यसअघि नेपालमा कोरोना सङ्क्रमितको संख्या २५० भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रुटि सच्याउदै सङ्क्रमितको संख्या २४५ मात्र रहेको बताएको हो ।

मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो । तर यो संख्या पहिले नै गन्ती भइसकेको मन्त्रालयले जनाएको छ ।
आज काठमाण्डौ र कपिलवस्तुका दुई जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमितको संख्या २४५ पुगेको छ ।
