समाज

ऐरावतीका बालबालिका र युवाहरुलाई प्रस्ताव लेखन तालिम

प्यूठान । ऐरावती गाउँपालिकाका बालबालिका र युवाहरुलाई प्रस्तावना लेखन तालिम दिइएको छ । पालिकामा गठित बाल संजाल तथा युवा क्ल्बका पदाधिकारीहरुलाई तालिम दिएको हो ।

कालिका विकास केन्द्र नेपाल र स्ट्रोम फाउण्डेसन र ऐरावती गाउँपालिकाको समन्वयमा संचालित विलिफ परियोजना अन्तरगत तालिम संचालन गरिएको हो ।

तालिममा समस्या स्तरीकरण, प्रस्तावना लागी कार्यक्रमको शिर्षक छनौट, परियोजना प्राप्तावना भनेको के हो र यो किन आवश्यक छ, कवर पेज बारे प्रशिक्षण दिइएको छ ।

साथै संस्थाको पृष्ठभुमि, कार्य. समुदायको अवस्था, कार्यक्रमको परिचय, कार्यक्रमको औचित्य, कार्यक्रमको उद्देश्य र अपेशित उपलब्ध बारे छलफल समेत गरिएको संस्थाले जनाएको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म संचालन भएको तालिममा २६ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण साथी संजाल कपिलवस्तुका समिक्षा राना र निसा नेपालीले गर्नुभएको थियो ।

Related Articles

Back to top button