प्यूठान, १ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।
विहिवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज थप सर्लाही, काठमाडाँै र कपिलवस्तुमा १-१ जना, धनुषामा र महोत्तरीमा २-२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसअघि नेपालमा कोरोना सङ्क्रमितको संख्या २५० भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रुटि सच्याउदै सङ्क्रमितको संख्या २४५ मात्र रहेको बताएको हो ।
यो पनि पढ्नुहोस्
