प्युठान । केहि दिनदेखि जिल्लाका विभिन्न ठाउँमा आगलागी र डढेलो लागेको छ । गौमुखि गाउँपालिका, झिमरुक गाउँपालिका, नौबहिनि गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवि गाउँपालिका लगायत स्थानीय तहका बनमा डढेलो लागेको छ ।
झिमरुक गाउँपालिका-५ अन्तर्गत ओखरकोटको आसपासको जङ्गलमा आगलागी हुँदा जङ्गलमा रहेका बोटबिरुवा र जीव जन्तुलाई क्षति भएको स्थानीय प्रदिप जिसीले जानकारी दिनुभयो । ओखरकोटको बालिबिसौना, कल्लेरी, जाबुने मुनि, हिरापोखरी क्षेत्रको जङ्गलना भिषण आगो लागिरहेको छ । उहाँले भन्नुभयो, “तिव्र हावाहुरीका कारण आगोको ज्वाला मानव बस्तिमा जान सक्ने देखिन्छ ।” स्थानीयले आगो नियन्त्रणमामा सहयोग गर्न समेत अपिल गरेको उहाँको भनाइ छ ।
त्यसैगरी माण्डवी गाउँपालिका-४ मा बनमा लागेको आगो फैलिएर गाउँमा पुग्दा गोठ जलेर पशु चौपाया मरेका छन । जिल्लाका विभिन्न ठाउँमा आगलागी र डढेलो लागिरहेको छ ।
