> राजनीति > एमाले नेता ज्ञवालीको कार्यकर्तालाई आग्रह : नमूना कार्यकर्ता बन्नुस


एमाले नेता ज्ञवालीको कार्यकर्तालाई आग्रह : नमूना कार्यकर्ता बन्नुस

प्यूठान । नेकपा एमालेका उप-महासचिव प्रदिप ज्ञवालीले कार्यकर्तालाई समाजको नमुना बन्न आग्रह गर्नुभएको छ । नेकपा एमाले प्यूठानको नवौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्ञवालीले एमालेका नेता कार्यकर्ता इमान्दार हुनुपर्ने भन्दै समाजमा नमुना बन्न आग्रह गर्नुभयो ।

 

नेता ज्ञवालीले एमालेमा आवद्ध किसान, कर्मचारी, शिक्षक, विद्यार्थी सवै इमान्दार हुनुपर्ने भन्दै त्यसो हुन नसके एमाले कार्यकर्ता हुन नसक्ने बताउनुभयो । किसानले राम्रो उत्पादन गर्नुपर्ने, कर्मचारीले मुस्कान सहितको सेवा दिनुपर्ने, शिक्षकले राम्रो सँग पढाउनुपर्ने र एमालेमा आवद्ध विद्यार्थी उत्कृष्ट विद्यार्थी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले प्यूठानमा २० वर्ष अघि कार्यक्रममा आएको स्मरण गर्दै प्यूठान जिल्लाले धेरै कम्युनिष्ट नेता जन्माएको उल्लेख गर्नुभयो । प्यूठानबाट मोहनविक्रम सिंह, मोहन वैद्य, बामदेव गौतम लगायतका नेताले कम्युनिष्ट स्थापनाका लागि इतिहासमा महत्वपूण र्भूमिका खेलेपनि अहिले उहाँहरुको भूमिका कस्तो छ भनेर समिक्षा गर्नुपर्ने बताउनुभयो ।

 

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका योजनालाई प्राथमिकता दिएको बताउँदै अहिलेको सरकार भए नभएको जनताले आभास गर्न नपाएको टिप्पणी गर्नुभयो ।

 

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका क्षेत्रमा अर्कमण्यताको अवस्था सृजना भएको उहाँले उल्लेख गर्नुभयो । जनताले सरकार भए नभएको अनुभुति गर्न नसकेको भन्दै सरकार नाम मात्रको भएको टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले एमाले प्यूठान जिल्लामै शसक्त पार्टीको रुपमा स्थापित हुँदै गएको बताउनुभयो ।

 

विशेष अतिथी थापाले प्यूठानमा विगतमा एमालेमा भएका कमीकमजोरी सच्याउँदै अगाडी बढ्ने बताउनुभयो । नेता कार्यकर्ताका कमीकमजोरी सच्चिने र पार्टी नयाँ ढंगबाट अगाडी बढ्ने उल्लेख गर्नुृभयो । त्यसको संकेत एमाल पार्टी कार्यालयको रंगले शु्रुवात गरेको नेता थापाको भनाई छ ।

“एमाले पार्टी कार्यालयको भवनको रंग परिर्वतन भएको छ,” उहाँले भन्नुभयो, “पहिले सेतो रंग थियो, सेतो रंगमा लागेको दागलाई मेटाएर अहिले रातो रंग लगाइएको छ ।” पार्टी कार्यालयबाट शुरुवात भएको परिवर्तन जिल्लाभर अगाडी बढ्ने उहाँको भनाई छ ।

 

जिल्लामा अव बन्ने नेतृत्व सवै वडामा पुग्ने गरि योजना बनाएर अघि बढ्ने नेता थापाको भनाई छ । एमाले प्यूठानले अवको निर्वाचनमा प्रमुख दलको हैसियतमा मात्र राजनैतिक सहकार्य गर्ने उल्लेख गर्दै विगतमा राष्ट्रिय जनमोर्चालाई साथ दिएर नेता कार्यकर्ताले भोगेको पश्चाताप दोहोरिन नदिने उल्ल्ेख गर्नुभयो ।

 

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य मणीचन्द्र थापा एमाले केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सह इन्चार्ज हरि प्रसाद रिजाल, संविधानसभा सदस्य हिरा बहादुर केसी, धन बहादुर रायमाझीले बोल्नुभएको थियो ।

नेताहरुले नेकपा एमाले थप क्रान्तिकारी, थप क्रियाशिल र सशक्त पार्टी बन्दै गएकोले आगामी निर्वाचनमा तीन वटै तहमा बहुमत हासिल गर्ने बताएका थिए ।

 

पार्टी अध्यक्ष तुल्सीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हुकुम बहादुर खड्का र सञ्चालन सचिव मोहन जिसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *