> राष्ट्रिय > परिवारको पोषणमा साथदिने“मेरो पोषण साथी”मोबाइल एपको शुभारम्भ


परिवारको पोषणमा साथदिने“मेरो पोषण साथी”मोबाइल एपको शुभारम्भ

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ गर्नुभएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपानर स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपालीहरुको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तिमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।”

नेपाली प्रयोगकर्तामैत्री एपले दर्ता गर्दा दिईएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेर लगायतको रेकर्ड राख्दछ र त्यसै अनुसार आवश्यक व्यवहारहरुको बारेमा स्याहारकर्तालाई जानकारी दिनेछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देव कुमारी गुरागाईले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभावपार्ने बताउनुभयो । उहाँले भन्नुभयो,“यो एपले पोषण व्यवहारका साथसाथै नेपाल सरकारले प्रदान गर्ने आधारभुत स्वास्थ्य सेवाको उपभोग गर्न पनि प्रोत्साहन गर्दछ । त्यसैले समग्र स्वास्थ्य प्रणालीलाई नै सुदृढ तुल्याउन यो एपले सहयोग गर्नेछ ।”

कार्यक्रममा स्वास्थ्य र पोषणसँग सम्बन्धित डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको पनि शुभारम्भ गरिएको छ । डिजिटल लाइब्रेरीले स्वास्थ्यकर्मी, विद्यार्थी वा यो विषयमा रुची राख्ने सबैको लागि नेपालमा आधारभुत स्वास्थ्य र पोषण सम्बन्धी दस्तावेजहरु एकै स्थानमा सहज रुपमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव संगिता मिश्रले सबै नागरिकलाई एक्लाएक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदानगर्न सजिलो बनाएको धारणा राख्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निणर्य लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउन ेविश्वास व्यक्त गर्नुभयो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषण सम्बन्धी महत्वपुणर् र उपयोगी जानकारी पुर्‍याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताउनुभयो ।

कार्यक्रममाबोल्दै अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमाबन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निणर्य लिन सशक्त बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूपनै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यल नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधैंहातेमालो गर्नेछ ।”

युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले विकास गरेको “मेरो पोषण साथी”एपप्लेस्टोरबाट डाउनलोग गरी एन्ड्रोइड मोबाइलमा सजिलै प्रयोग गर्न सकिन्छ ।