> राष्ट्रिय > हातेट्याक्टरले च्याप्दा किसानको मृत्यु


हातेट्याक्टरले च्याप्दा किसानको मृत्यु

प्यूठान । मल्लरानी गाउँपालिका वडा नं. २ वान्नामा हातेट्याक्टरले च्याप्दा किसानको मृत्यु भएकोछ । एउटा काल्नोबाट अर्काे काल्नोमा लैजाने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा ५४ वर्षिय धनबहादुर घर्तिको मृत्यु भएको हो ।

 

खुट्टामा गहिरो चोट लागि घाईते भएका घर्तिलाई उपचारका लागि प्यूठान अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । अत्याधिक रक्तश्रावका कारण ज्यान गएको हो । शवलाई अहिले जिल्ला अस्पताल विजुवारमा राखिएकोछ ।

 


पोष्टमार्टमको लागि आवश्यक कानुनी प्रक्रिया भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *