> समाज > मल्लरानीको ४३ औं स्थापना दिवस, तीन दिन विविध कार्यक्रम


मल्लरानीको ४३ औं स्थापना दिवस, तीन दिन विविध कार्यक्रम

प्यूठान । जिल्लाकै पहिलो गैर सरकारी संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले तीन दिनसम्म विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको छ ।

 

संस्थाले ४३ औं स्थापना दिवसको अवसरमा दिपावली, रक्तदान, फलफुल वितरण, दृष्टिविहिन विद्यार्थीलाई स्टेशनरी वितरण, प्यूठान क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति वितरण लगायतका कार्यक्रम गरेको हो ।

फागुन १७ गते संस्थामा दिपावली गरिएको थियो । फागुन १८ गते जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण, रक्तदान, महेन्द्र माध्यमिक विद्यालय खलंगामा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको संस्थाले जनाएको छ ।

 

आज जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल झाक्रिस्थानमा विस्तारित बैठक तथा बनभोज कार्यक्रम गरेको हो । जसमा प्यूठान क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै संस्थाका ५ जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष बसन्तलाल शाक्यको अध्यक्षता, उपाध्यक्ष गोपालप्रसाद नकर्मीको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाले हालसम्म सञ्चालन गरेको गतिविधिको बारेमा कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

संस्थाका संस्थापक तथा समाजसेवी कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव निर्जला कर्माचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *