प्युठान । प्युठान अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठनको ३३ औं स्थापन दिवसका अवसरमा प्युठान अस्पतालमा रहेका बिरामिहरुलाई फलफुल वितरण गरिएको हो ।
प्युठान अस्पतालमा भर्ना भएका ३९ जना बिरामी लाई फलफुल वितरण गरि स्वास्थ्यलाभको कामना गरिएको नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अथिति प्युठान अस्पतालका प्रमुख प्रमिला खनालले संगठनले बिरामीलाई फलफुल वितरण गरेर बिरामीको हौसला बढाएको प्रती खुशी व्यक्त गर्नुभएको छ । कर्मचारी संगठनले पनि सामाजिक र परोपकारी काम गर्छन् भन्ने संदेश दिएको उहाँको भनाई थियो । यस्ता सामाजिक कार्यले सकारात्मक सन्देश दिने भन्दै सबै मिलेर मानव सेवामा लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै पेशागत महासंघ प्युठान अध्यक्ष दल बहादुर केसीले कर्मचारीले जनतालाई दिने सेवा प्रभाव अब्बल बनाउदै जनताको मनोभावना अनुसार काम गर्नुपर्ने बताउनुभयो । कर्मचारीको पहिलो काम जनताको सेवा गर्दै पेशागत सुरक्षा लगाए सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्नुपने बताउनुभयो ।
निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि पौडेलले राज्यले दिएको जिम्मेवारीलाई नियम कानुन अनुसार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको कारण जनताले हैरानी हुनुहुदैन ।” जनताका काम प्रती जिम्मेवारी भएर लाग्न राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गर्नुभयो ।
फलफूल पाउँदा बिरामीहरुले खुशी व्यक्त गरे । नेपाल निजामती कर्मचारी संगठन प्युठानका अध्यक्ष हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्युठान अस्पतालको प्रमुख प्रमिला खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन प्युठानका निवर्तमान अध्यक्ष टुक बहादुर रोका पेशागत महासंघ प्युठानका अध्यक्ष दल बहादुर केसी लगायतले स्थापना दिवसका शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिब सागर पण्डितले गर्नुभएको थियो ।
![](https://pyuthansamachar.com/wp-content/uploads/2020/09/119033315_322448785529119_2565593163984391492_n.jpg)