> सम-सामायिक > प्यूठानमा ११ जनालाई आरडीटी पोजेटिभ देखियो


प्यूठानमा ११ जनालाई आरडीटी पोजेटिभ देखियो

प्यूठान, ३० बैशाख । जिल्लामा ११ जनाका आरडीटी परीक्षणमा पोजेटिभ देखिएको छ ।

प्यूठान नगरपालिकाको मरण्ठाना स्थित क्वारेन्टाइनमा बसेका एघार जनामा आरडीटी पोजेटिभ देखिएको हो । मरन्ठानाको गुरीगाउँमा ३ जना, धगेमा १ जना, बुढादेवीमा ७ जनामा आरडीटी पोजेटिभ देखिएको हो ।

प्यूठान नगरपालिकाले काठमाण्डौबाट उद्धार गरेका व्यक्तिमा आरडीटी पोजेटिभ देखिएको हो ।
नगरपालिकाले गाडी रिर्जभ गरि ल्याएकामध्ये मरन्ठानाका विभिन्न क्वारेन्टाइनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ ।

आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका दधिराम सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुको उमेर २१ देखि ३८ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु मध्ये एक जना लमजुङबाट र बाँकी काठमाण्डौबाट आएका व्यक्ति हुन् । आरडीटी पोजेटिभ देखिएकाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरि भैरहवा पठाउने तयारी गरिएको छ ।

यसअघि प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलमा रहेका दुई जनामा आरडीटी पोजेटिभ देखिएपनि पीसीआरको रिर्पोट नेगेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *