> समाज > दुर्घटनामा घाईते परीक्षार्थीको मृत्यु


दुर्घटनामा घाईते परीक्षार्थीको मृत्यु

प्यूठान, ७ चैत ।
चैत ६ गते एसईई परीक्षा तोकिएकाले रिमा भण्डारी परीक्षाका लागि दुई दिन अगाडी परीक्षा केन्द्र पुग्नु थियो ।प्यूठान नगरपालिका– ६ धर्मावती माध्यमिक विद्यालय लम्छ्याङनेटामा १० कक्षामा अध्ययनरत विद्यार्थी भण्डारी सहित साथीहरु पुण्यखोला झरे ।
विद्यालयका सवै साथीसँगै एउटै गाडीमा टिकुरी झरे । रिमासँग एसईई दिन बहिनी पनि सँगै हुनुहुन्थ्यो । रिमा बाग्दुला सामान किन्नका लाग भनेर बहिनी र साथीहरुबाट छुट्टिनुभयो । तर केहि बेरमा गाडीको ढोकाबाट खसेर घाईते भएको खवर पाए साथीहरुले । बाग्दुला नपग्दै गाडीबाट खसेर घाईते रिमाको उपचारका लागि बुटवल लगियो । वुटवल उपचार हुन नसकेपछि काठमाण्डौ पु¥याईएको थियो । विहीबार साँझ उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।
गौमुखी स्वर्गद्धारी यातायात प्रालिको रा ३ ख ३८८३ नम्वरको गाडीबाट खसेर घाईते १९ वर्षीया भण्डारीको विहीबार उपचारको क्रममा मृत्यु भएको छ । भण्डारीको मृत्यु भएपछि गाडीका स्टाफको लापरबाहीले घटना घटेको भन्दै विद्यार्थी संगठनले कारवाहीको माग गरेका छन् ।
अनेरास्ववियु प्यूठानका संयोजक जालबहादुर केसी र नेवि संघ प्यूठानका अध्यक्ष एनपी मगरले संयुक्त प्रेस विज्ञप्ती जारी गरी घटनाको छानवीन गरी दोषीलाई कारवाही र पीडित पक्षलाई क्षतिपुर्तिको माग गरेका छन् ।
रिमाको परिवारमा आर्थिक अभाव छ, स्थानीय आकाश भण्डारीले भन्नुभयो, रिमा हजुरआमासँगै बस्दै आएकी थिइन । बुवा रोजागारीका लागि भारत जाने आउने गरेपनि विरामी भएकाले आयआर्जनमा समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *