प्यूठान । नौबहिनी गाउँपालिका-६ लुङमा भिरबाट लडेर युवकको मृत्यु भएको बिषयलाई लिएर आफन्तले सरकारी वलिक कार्यालय अगाडी प्रदर्शन तथा कार्यालय घेराउ गरेका छ्न ।
दुई दिनदेखि उनीहरुले प्रदर्शन गरिरहेका छ । गत जेठ ३ गते स्थानीय बीच विवाद हुँदा भागदौडको क्रममा १९ वर्षिय मधु सुनारको ज्यान गएको थियो । हत्या प्रकरणमा मुद्दा चल्नुपर्ने आफन्तको माग छ ।
प्रहरीले हत्या अभियोजन गरेपनि सरकारी वकिल कार्यालयले भवितव्य अन्तर्गत मुद्दा अघि बढाएको स्रोतले जनाएको छ । जिल्ला अदालतले आरोपि ५ जनालाई धरौटीमा छोड्न जेठ २७ गते निर्णय गरेको थियो ।
गत जेठ २ गते साँझ स्थानीय जनज्योति माध्यमिक विद्यालय परिसरमा मधु सहितका युवाहरुले भोज खाएर बसिरहेको बिषयमा स्थानीय बिच बिवाद भएको थियो । बिवादको क्रममा भाग दौड भएको थियो । भोलि पल्ट डुकरुक धारा भिरको खोल्सामा मधु मृत्त अवस्थामा फेला परेका थिए ।






