राजनीतिराष्ट्रियसमाज

अनेरास्ववियु मल्लरानी गाउँकमिटीको प्रथम अधिवेशन सम्पन्न

प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रथम मल्लरानी गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रुद्रमणी भुसालको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ ।

कमिटीकाे उपाध्यक्ष शुसिला भण्डारी सचिव लक्ष्मण सुनार उप सचिव बिमला सुनार कोषाध्यक्ष सुरज विश्वकर्मा रहनुभएको छ ।

 

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु प्युठानले जिल्लाका सवै पालिकाहरुमा अधिवेशन गर्न लागेको छ । यसअघि स्वर्गद्वारी नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष दिल बहादुर दसौदीले जानकारी दिनुभयो ।

अनेरास्ववियुका जिल्ला सचिवालय सदस्य अनिशा केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्युठानका सचिवालय सदस्य रामचन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल बहादुर दसौदी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य राधिका खड्का, विजय सिंह भारती, अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष आकाश भण्डारी, जिल्ला उपाध्यक्ष रमेश विश्वकर्मा, सचिव टेकराज केसी लगायतको उपस्थिती रहेको थियो ।

Related Articles

Back to top button