> राष्ट्रिय > नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुग्यो ।


नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुग्यो ।

प्यूठान – नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

शुक्रवार थप १७० जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत शुक्रवार थप १७० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार नेपालका ५२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै थप १९ जना कोरोना मुक्त भएर अस्पतालवाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त भई घर फर्कनेको संख्या २०६ पुगेको छ ।

यसैगरी गत जेठ १० गते सिमानामा मृत्यु भएका अर्घाखाचिका एक युवकको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *