प्यूठान । मल्लरानी गाउँपालिका स्तरीय दलित संजाल गठन गरिएको छ । बिहिवार जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले बोम बहादुर परियारको अध्यक्षतामा संजाल गठन गरेको हो ।
संजालको उपाध्यक्षमा सुस्मा परियार, सचिब पिङ्कि सुनार, सहसचिब गिर बहादुर बिक र काेषाध्यक्ष निर्मला नेपाली रहनुभएको छ ।
सदस्यहरुमा लिल बहादुर नेपाली, अम्बिका सुनार, बिष्णु बिक, दिपक परियार, रण बहादुर कामी, साबित्रा बिक, कृष्ण बहादुर नेपाली, बिष्णु परियार, अम्बिका बिक र संगीता नेपाली चयन हुनुभएकोछ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय पौडेलले संजालको काम, कर्तब्य र अधिकारका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
