प्यूठान । स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ ले वडा भित्रका कृषकलाई उन्नत जातका वीऊपल र कृषि औजार दिएको छ ।
व्यावसायिक रुपमा अघि बढेका कृषक तथा कृषक समुहलाई वडा कार्यालयले वीऊपल, विषादी, कृषि औजार उपलब्ध गराएको हो ।
वडा अध्यक्ष हिरामणी भण्डारीले कृषकलाई विभिन्न तरकारीका वीऊपल, विषादी, टनेल, स्प्रे टंकी लगायतका समाग्री वितरण गर्नुभएको हो । उहाँले उक्त सामाग्रीले कृषकहरुलाई थप व्यावसाकिय बनाउन सहयोग पुग्ने अपेक्षा राख्नुभयो । प्राप्त भएको सामाग्रीको सही सदुपयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
मिटरबक्स वितरण
सोही अवसरमा वडाले गाउँका विपन्न परिवारलाई विद्युत जडानका लागि मिटर बक्स वितरण गरेको छ । वडाका १९ परिवारलाई मिटरबक्स उपलब्ध गराएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
वडाको वार्षिक कार्यक्रम अनुसार कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । मिटरबक्स पाएका परिवारलाई छिटो जडान गरि बत्ति बाल्न आग्रह गर्नुभयो । वडा अध्यक्ष भण्डारीले २० युनिटसम्मको विद्युत महशुल नगरपालिकाले तिरिदिने समेत जानकारी गराउनुभयो ।
