> समाज > प्यूठनका एम्बुलेन्समा जिपिएस अनिवार्य, १५ दिनभित्र नबिकरण गरिसक्नुपर्ने


प्यूठनका एम्बुलेन्समा जिपिएस अनिवार्य, १५ दिनभित्र नबिकरण गरिसक्नुपर्ने

प्यूठन । जिल्लामा संचालित एम्बुलेन्सहरुले अनिवार्य जिपिएस जडान गर्नुपर्ने भएको छ । जिल्ला एम्बुलेन्स ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको अध्यक्षतामा बसेकाे बैठकले जिल्लामा संचालनमा रहेका एम्बुलेन्सहरु अनिवार्य रुपमा समितिमा दर्ता तथा नबिकरण गरिसक्नुपर्ने निर्णय गर्दै १५ दिनको समयसिमा तोकेको छ ।

 

एम्बुलेन्सकाे प्राबिधिक जाँचपास गर्न ३ सदस्यीय प्राबिधिक समिति गठन गरिएको छ । बैठकमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश श्रेष्ठले एम्बुलेन्स संचालन कार्यबिधिमा भएको ब्यबस्थाका बिषयमा जानकारी गराउनुभएको थियाे ।

 

प्रमुख जिल्ला अधिकारी प्रसाईंले नागरिकको सहजसेवाका लागि कानुनमा रहेका ब्यबस्थालाई कार्यान्वयनमा ल्याउँदै मापदण्ड सहित स्तरिय सेवामा जोड दिनुभयो ।