> राष्ट्रिय > प्यूठानमा सर्पले डसेर एक यूवकको मृत्यु


प्यूठानमा सर्पले डसेर एक यूवकको मृत्यु

प्यूठान, ६ कार्तिक । प्यूठानमा सर्पले डसेर एक यूवकको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका वडा नं ८ मानागाउँका १८ वर्षिय बलबहादुर केसीको मृत्यु भएको हो । केसीलाई विहिवार दिउसो सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउने क्रममा सर्पले डसेको थियो ।

सर्पले डसेर घाईते हुनुभएका केसीको प्यूठान अस्पताल विजुवारमा उपचारका क्रममा साझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मृतकको शवलाई मुचुल्का पछि पोष्टमार्टम गरिने सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *