समाज

घरबाट ननिस्कन प्यूठान प्रहरीको अनुरोध (भिडियो सहित)

सागर रिजाल
प्यूठान, २० चैत्र ।
घरमै बसेर नेपाल सरकारले घोषणा गरेको लक डाउनको पूर्ण पालना गर्न जिल्ला प्रहरी कार्यालय प्यूठानले अनुरोध गरेको छ ।

कोरोना भाईरस छिटो फैलिने भएकाले घरबाट ननिस्कन आग्रह गरिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेन्द्र कुमार कार्कीले बताउनुभयो ।

घरमा बसिरहेको समयमा स्वास्थ्य, खाद्यान्न अभाव अथवा अन्य कुनै अतिआवश्यक काम परेको खण्डमा प्रहरीलाई सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘घरमै बसेर लक डाउनको पालना गरिदिनु हुन अनुरोध गर्दछु ।’ ,उहाँले भन्नुभयो, ‘अति जरुरी परेर घरबाट निस्कनु परेमा १०० मा फोन गर्नुहोला ।’

औषधी, खाद्यान्न, पशु तथा कृषि जन्य उत्पादन, ग्याँस जस्ता जरुरी सामान सकिएर घर बाहिर निस्कनु परेमा प्रहरीलाई खवर गर्न समेत प्रनाउ कार्कीले उल्लेख गर्नुभयो ।

Related Articles

Back to top button