> खेलकुद > वडा स्तरीय भलिबलको प्रथम पुरस्कार २५ हजार


वडा स्तरीय भलिबलको प्रथम पुरस्कार २५ हजार

प्युठान । राष्ट्रकाे लागि खेलकुद , स्वास्थकाे लागि खेलकुद
झिमरुक गाउँपालिका वडा नं. ६ काे आयाेजनामा भलिबल खेलकुद आजबाट मर्कावाङ्गमा शुरु भएको छ ।

 

१२ टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।
वडा अध्यक्ष धन बहादुर पुनले खेलको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा जनप्रतिनिधि खेलाडी स्थानीयको सहभागिता रहेको थियो ।

 

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार रु २५ हजार, मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार रु २० हजार, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार रु १० हजार, मेडल र प्रमाणपत्र राखिएको छ । त्यसैगरी शान्त्वना पुरस्कार रु ५ हजार प्रमाणपत्र, उत्कृष्ट खेलाडी पुरस्कार रु १ हजार, अनुसाशित खेलाडी रु १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *