प्यूठान, १९ चैत । बलियो नेपाल कप २०७७ का लागि प्यूठान जिल्लाबाट खेलाडी छनौट भएका छन् ।
जिल्लाबाट १३ सदस्यीय खेलाडी छनौट भएको हुन । जिल्लाका विभिन्न पालिकाबाट आएका खेलाडीहरुमध्येबाट १३ जना छनौटमा परेको बलियो नेपाल कपका प्यूठान प्रतिनिधि रिखिराम जिसीले जानकारी दिनुभयो ।
छनौट भएको टिमका खेलाडी २० गते लमही जानेछन् । उनीहरु २१ गतेदेखि २८ गतेसम्म लमहीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनेछन् ।
प्यूठानले पहिलो खेल चैत्र २१ गते दाङ र दोस्रो खेल बर्दियासँग चैत्र २२ गते खेल्नेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका सवै जिल्लाबाट सहभागिता रहने आयोजकले जनाएको छ ।