> समाज > विभिन्न विधामा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीलाई गाउँपालिकाको सम्मान


विभिन्न विधामा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीलाई गाउँपालिकाको सम्मान

प्यूठान । सरुमारानी गाउँपालिकाले विभिन्न विधामा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बीच सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।

 

सम्मानित हुनेहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट पूर्ण छात्रबृत्तिमा एमविविएस अध्ययनका लागि प्रवेश परीक्षामा छनौट भएका वडा नं. ४ धनकोटका दुर्गा सोमै मगर, वडा नंं. ३ चाभा कटौंजेका शिशिर राना मगर, कम्प्यूटर र सिभिल इन्जिनियरिङ्ग अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा छनौट भएका वडा नं. ४ बड्डाँडाका योगेन्द्र सारु मगर र छत्तिवन दमारका रमेश राना रहेका छन् ।

 

गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले नगद १० हजार र सम्मान पत्रले सम्मान गर्नुभएको प्रवक्ता सोमैले जानकारी दिनुभयो ।