> समाज > बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम


बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

प्यूठान । मुक्ति माध्यमिक विद्यालय रातामाटाका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट विजुवारका ट्राफिक प्रहरीले कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुलाई कक्षा संचालन गरेका हुन् ।

 

बाटो काट्दा जेब्रा क्रसको प्रयोग गर्ने, पैदल यात्रुले सडक लेनको दाया साइड प्रयोग गर्ने, रोकिएको गाडी भन्दा अन्दाजी १० मिटर टाढाबाट बाटो काट्ने, लाईसेन्स भएकाले मात्र मोटरसाइकल चलाउने र लाईसेन्स नभई सवारी चलाउँदा हुने कानुनी कारवाही लगायतका विषयमा कक्षा संचालन गरिएको सहायक प्रहरी हवल्दार लछुमन गिरीले जानकारी दिनुभयो ।

 

अस्थायी ट्राफिक पोष्ट विजुवारका लछुमन गिरी र जीवराज गिरीले प्रशिक्षण दिनुभएको थियो ।