प्यूठान, ३० बैशाख । प्यूठानमा लकडाउन जेठ १५ गतेसम्म जारी हुने भएको छ । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
निर्माण व्यवसायी संघ प्यूठानको विजुवार स्थित भवनमा संचालनमा ल्याईएको आईसोलेसन सेन्टरमा संक्रमितहरुको चाप बढ्दै गएकोले स्वास्थ्य कार्यालयको भवनमा समेत आईसोलेसन सेन्टर विस्तार गर्ने बैठकले निर्णय गरेको छ ।
आईसोलेसन सेन्टरमा उपचाररत संक्रमितहरुको छातिको एक्सरे गर्नुपर्ने भएकाले एक्सरे सेवा संचालन गर्ने केन्द्रले निर्णय गरेको छ । जिल्ला अस्पतालमा एउटा मात्र एक्सरे मेसिन भएकाले अस्पतालका बरिष्ठ रेडियोग्राफर खिमप्रसाद पार्धेको सहयोगमा पोर्टेवल एक्सरे मेसिन राखि सेवा संचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिन्ुभयो ।
बैठकले सवैप्रकारका होटल तथा रेष्टुरेन्टहरु वन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक वाहेक सरकारी तथा अन्य काार्यलय अर्काे निर्णय नभएसम्मका लागि बन्द हुनेछन् ।
महामारीको समयमा खाद्यान्न लगायत स्वास्थ्य सामाग्ीहरुको कालाबजारी गर्ने, कृतिम अभाव सृजन ागर्ने, अस्वभाविक मुल्य बृद्धि गर्ने जस्ता गैर कानुनी कृयाकलापहरु नियन्त्रण गर्न सम्बन्धित सरोकारवालाहरुले प्रभावकारी रुपमा अनुगमन गर्ने र त्यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न भएकोपाईमा कानुन बमोजिम कार्वाही गर्ने बैठकले निर्णय गरेको छ ।
