> राजनीति > एमाले महाधिवेशनमा प्यूठानबाट थापा र गिरी उम्मेदवार


एमाले महाधिवेशनमा प्यूठानबाट थापा र गिरी उम्मेदवार

प्यूठान । काठमाण्डौंमा जारी नेकपा (एमाले)को ११ औं महाधिवेशनमा प्यूठान जिल्लाको प्रतिनिधित्व गर्दै दुई जनाको उम्मेदवारी परेको छ ।

 

विघटित प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका सूर्य थापा र विद्यार्थी नेता धर्म गिरीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको हो ।

 

थापाले खुला तर्फबाट उम्मेदवारी दिनुभएको हो । गिरीले लुम्बिनी प्रदेशबाट युवा कलष्टरबाट उम्मेदवार दिनुभएको हो ।