प्युठान । नयाँ बनेको सरकारले संविधान संसोधनको विषय उठाएर जनतालाई भ्रम छरेको नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले बताउनुभयो । साना दल र माओवादी विना संविधान संसोधन गर्न सम्भव नभएको उहाको जिकिर थियो ।
प्रेस सेन्टर नेपाल प्युठानले आइतबार जूम्रिमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले संविधानको मर्म अनुसार प्रदेशलाइ अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।
आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरि संगठन निर्माण र सुदृढीकरणको योजना पार्टीले अघि सारेको उहाँले बताउनभयो ।
संसद र सडकबाट सरकारलाई खवरदारी गर्दै माओवादीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
अखिल (क्रान्तिकारी)को एक्काइसौं जिल्ला सम्मेलन उद्घाटन गर्न माओवादी नेता पुन जिल्ला आउनु भएको हो ।