> समाज > रक्तदाता समाज केन्द्रीय समितिको बैठक स्वर्गद्वारीमा


रक्तदाता समाज केन्द्रीय समितिको बैठक स्वर्गद्वारीमा

प्यूठान । नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय समितिको बैठक स्वर्गद्वारीमा बस्दैछ ।

 

रक्तदानका बिषयमा सामाजिक जागरण ल्याउने उदेश्यले स्वर्गद्वारीमा केन्द्रीय समितिको बैठक आयोजना गरिएको समाजका सदस्य मनु लामाले जानकारी दिनुभयो । आज शनिवार हुने बैठकका लागि पदाधिकारी सहित केन्द्रिय समितिका १६ जना सदस्य स्वर्गद्वारी पुगि सकेको उहाँले बताउनुभयो ।

 

प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हो भने निशुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो भन्ने सन्देशलाई स्थापित गर्न केन्द्रीय समितिको एघारौं बैठक पर्यटकीय स्थल स्वर्गद्वारीमा आयोजना गरिएको अध्यक्ष प्रेम सागर कर्माचार्यले उल्लेख गर्नुभयो ।

 

जिल्ला शाखा प्यूठानको आतिथ्यतामा बैठक बस्न लागेको हो । प्रत्येक ब्यक्तिले आफ्नो १८ औं जन्मोत्सवबाट रक्तदान गर्न सक्ने स्वास्थ्यकर्मी बताउछ्न ।