> समाज > ऐरावतीको निर्णय : जिल्ला आउनेको यातायात खर्च आधा व्यहोर्ने


ऐरावतीको निर्णय : जिल्ला आउनेको यातायात खर्च आधा व्यहोर्ने

प्यूठान, १४ बैशाख ।
ऐरावती गाउँपालिकाले जिल्ला बाहिर रहेका ऐरावतीका व्यक्तिलाई यातायात खर्च आधा व्यहोरेर जिल्ला ल्याउने निर्णय गरेको छ । आज आइतबार बसेको कार्यपालिकाको बैठकले जिल्ला बाहिर रहेका असहाय, अलपत्र परेका व्यक्तिहरु घर फर्कन चाहेमा ५० प्रतिशत यातायात खर्च उपलब्ध गराएर पालिकामा ल्याउने निर्णय गरेको हो ।
जिल्ला आउने व्यक्तिले खाना, खाजाको व्यवस्था आफै गनुपर्र्ने पालिकाको निर्णय छ । खाना खर्च बापत थप तीन सय ६० रुपियाँ समेत पालिकाले दिने निर्णय भएको छ ।
बैठकले बैशाख महिनाको कार्यपालिका सदस्यको बैठक भत्ता विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने समेत निर्णय गरेको अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो ।
भारतबाट आएका एक जना व्यक्तिको प्युठान अस्पतालमा पिसीआर रिपोर्ट आएपछि क्वारेन्टाईनमा राख्ने बैठकको निर्णय छ । हालसम्म ऐरावती गाउँपालिकाका ६ वडाका विभिन्न विद्यालयमा रहेका क्वोन्टाईनमा एक सय २६ जना व्यक्ति रहेका छन ।
पालिकाले हालसम्म होटल तथा मेस चलाएर क्वारेन्टाईनमा बसेका व्यक्तिलाई खाना खुवाउदै आएको थियो । तर भोलीदेखी पालिका क्षेत्रमा आउने व्यक्तिले बिस्तारा, खानाको व्यवस्था आफै गनुपर्नेछ । आफै व्यवस्था गरि क्वारेन्टाईनमा बस्नेलाई पालिकाले तीन सय ६० रुपियाँ दिने निर्णय गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *