प्युठान । प्युठानमा मतगणना अझै शुरु हुन सकेको छैन । जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थल आईपुगेपनि मतगणना हुन सकेको छैन ।
गौमुखी गाउँपालिक ३ स्थित ज्ञानोदय प्राबिको एउटा मतपेटिका फुटेको भेटिएपछि कसरी समाधान गर्ने भन्ने बिषयमा अहिले छलफल भैरहेको छ ।
जिल्ला समन्वय समितिमा चलिरहेको छलफलमा राजनीतिक दल र उम्मेदवार सहभागी छन ।
