> समाज > भेडाबारीका विद्यार्थीहरुलाई ‘स्कुल ब्याग’


भेडाबारीका विद्यार्थीहरुलाई ‘स्कुल ब्याग’

प्यूठान । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय प्यूठान नगरपालिका–८ भेडाबारीका बिद्यार्थीहरुलाई ‘स्कुल ब्याग’ सहयोग उपलब्ध गराइएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्य र आशा प्रोजेक्ट अन्तर्गत संचालित शिक्षा साथि कार्यक्रम बानेश्वर काठमाडौंको सहयोगमा ब्याग हस्तान्तरण गरिएको हो ।

 

विद्यालयमा अध्ययरत ३६ जना विद्यार्थीलाई एक कार्यक्रमका बीच झोला वितरण गरिएको रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामो जानकारी दिनुभयो ।

 

कार्यक्रममा केन्द्रीय सदस्य लामा सहित सल्लाहकार सुमन सुबेदी, आजीवन सदस्य सुमनराज श्रेष्ठ, देबेन्द्र के सी (रोसन), शंकर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।