> समाज > अखिल स्थापना दिवसको अवसरमा प्यूठानमा शैक्षिक सामाग्री वितरण


अखिल स्थापना दिवसको अवसरमा प्यूठानमा शैक्षिक सामाग्री वितरण

प्यूठान । विद्यार्थी संगठन अखिल स्थापना दिवसको अवसरमा प्यूठानमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी प्यूठानले जनता माध्यमिक विद्यालय बाग्दुलामा रहेका बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

 

अखिलको ६० औं स्थापनाको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरिएको अखिल प्यूठानका अध्यक्ष दिलबहादुर दसौदीले जानकारी दिनुभयो ।

 

नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजयविराज विष्टको प्रमुख आतिथ्यता र सचिव माधव शर्माको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *