> राष्ट्रिय > बाल दिवस : बाल रोग विशेषज्ञलाई बालबालिकाले गरे सम्मान


बाल दिवस : बाल रोग विशेषज्ञलाई बालबालिकाले गरे सम्मान

प्यूठान । आज ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । जिल्लाभर विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । यस वर्षको नारा ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने रहेको छ ।

 


बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम भैरहँदा प्यूठान नगरपालिका-४ टारीका बालबालिकाले भने फरक शैलीमा बालदिवस मनाएका छन् । जनसेवा बाल समुहले आज दिवसको अवसरमा बाल रोग विशेषज्ञ डाक्टर शौरभ श्रेष्ठलाई सम्मान गरेका छन् । उनीहरुले जिल्ला अस्पताल विजुवारमा कार्यरत डाक्टर श्रेष्ठलाई सम्मान गरेका हुन ।

 


समुहका अध्यक्ष सुहाना सुवेदी सहितका बालबालिकाले र्‍याली समेत निकालेका थिए । टारी, जुम्री बसपार्क हुँदै मित्रमणी चोकसम्म र्‍याली निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *