प्यूठान, ३ असार । निरन्तरको वर्षातले प्यूठानमा जनजीवन प्रभावित भएको छ ।
वर्षातले जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा ग्रामीण सडक विग्रिएका छन् ।

मोहन सुवेदीका अनुसार भिंगृ–स्वर्गद्वारी सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । उहाँका अनुसार घडेरी र रुमालेमा पहिरो गएको छ ।
त्यसैगरि प्रेम बहादुर विश्वकर्माका अनुसार ऐरावती गाउँपालिका–४ महपोखरीमा एउटा घर भत्किएको छ । स्थानीय ज्ञान बहादुर गुरुङको घर भत्किएको हो ।

