प्युठान । नेकपा एमाले झिमरुक गाउँपालिका कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा मच्छिमा शुभकामना आदानप्रदान कार्यक्रमम समपन्न गरेको हो ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले दशै पर्वले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्व जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख अतिथि थापाले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता कायम गर्दै सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धि दिशातर्फ लैजान पहल गर्नुपर्ने बाताउनुभयो । “हामी जनप्रतिनिधिहरु असाध्यै तिक्त भएर काम नगरौं,” उहाँले भन्नुभयो, “अब एकाअर्काको बिरोध होइन सहकार्य गरौं, जनताका प्रतिनिधिले राम्रो काम गर्ने हो, अब मिलेर परिणाममुखी काममा तेरोमेरो नगरौं ।”
देशमा रोजगारी सृजना गरि उत्पादनमा जोड नदिने हो भने, बिकासले गति लिन नसक्ने उहाँको भनाई छ । “त्यो दोष हामिले कति लिने हो, लिन तयार छौ ।” उहाँले भन्नुभयो,”तर सरकार चलाउनेले लिनुपर्दैन जिम्मेवार हुनुपर्दैन ?” मदन भण्डारी राजमार्गको ठेक्का लागेको काम शुरु भएपनि अहिलेको सरकारले आयोजनामा बजेट सुनिश्चिता गर्न नसकेको बताउनुभयो । “भिमगिठे सडकको मंसिर भित्र ठेक्का लागोस भन्ने पहलमा हामी छौ,”उहाँले भन्नुभयो, “सरकार भने बजेट अभाव र कतिपय प्राबिधिक काम्मा आनाकानी गरेको छ ।”
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य तुल्सिराम शर्माले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सबैको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । जिल्लामा जनप्रतिनिधिहरुले आग्रह पुर्वाग्रह होईन जिल्लाको बिकासमा समन्वय गरेर अगाडि बढ्नुको विकल्प नरहेको शर्माले बताउनुभयो ।
केही वर्ष पहिले एक अर्काको कार्यक्रममा जादा अफ्ट्यारो महसुस गर्ने दलहरु एकै ठाउँमा उपस्थित भएको देखेर खुशी भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । “यसरि सहकार्य गर्यो भने समाज रुपान्तरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “आजको यो शुभकामना कार्यक्रमले थप प्रेरणादायी बनाएको छ, समृद्धिको संकेत गरेको छ ।”
झिमरुक गाउँपालिका निवर्तमान अध्यक्ष तिलक जिसी
शुभकामना आदानप्रदानले बिचारको आदानप्रदान पनि हुने बताउनुभयो । समस्यालाई हल गर्दै जाने हो भने हाम्रा समस्या हल हुन सक्ने उहाँले बताउनुभयो । उदारबादी अर्थनीतिको चपेटामा नेपाली परेको उहाँको भनाई छ । “उत्पादनको क्षेत्रमा लगाउन पहिले अनुदान होइन उत्पादित बस्नुको उचित मूल्य र बजारको ब्यवस्था हुनुपर्छ ” उहाँले भन्नुभयो,”अर्थतन्त्र खाराव दिशातिर गइरहेको छ ।” राजनीतिक दल प्रती जनता निरासा भएको भन्दै सबै सचेत हुनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार समितिका सदस्य टेकुलाल गिरी, जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट, एमाले प्रदेश क का पार्टी संयोजक हिरामणी भण्डारी, ख का संयोजक नेगन सिंह कवर, एमाले पार्टी गौमुखी अध्यक्ष जुमान सिंह जिसी, झिमरुकका वडा अध्यक्ष तुलस बहादुर बस्नेत, कृष्ण बहादुर जिसी, गौमुखी क्याम्पस मच्छिका क्याम्पस प्रमुख सेर बहादुर जिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल एमाले झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष इन्द्रमणी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोबिन्द गिरीले गर्नुभएको थियो ।
