> समाज > प्यूठानमा लाग्ने दशैं विशेष मेला – मरन्ठाना कोटघर


प्यूठानमा लाग्ने दशैं विशेष मेला – मरन्ठाना कोटघर

मरन्ठाना कोटघर, प्यूठान
भुमेश्वरी देवस्थल कोट मन्दिर प्यूठान नगरपालिका–१० मरन्ठाना पातिहाल्नामा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस शक्तिपीठमा बडा दशैको महानवमीमा मेला लाग्ने गर्दछ । सोहि दिन पुँजा गरी सराँय नाँच प्रस्तुत गरिन्छ । खड्का देवतालाई बलीको रुपमा पाडा, बोका, भेडाको बली चढाउने गरिन्छ भने भुमे देवतालाई शान्तिको प्रतिक मानिने परेवा उढाउने प्रचलन छ । यहाँ देवताको दर्शनगरी वर मागेमा पुरा हुने जनविश्वास रहि आएको छ । तत्कालीन समयमा कोट घरमा आगो लाग्दा ५ भाई देवता मध्ये २ भाई मध्ये रातमा सूर्यको ज्योती जस्तै उज्यालो आकाशमा छँदै भागेर बिजुलीकोट गएको र यहाँ रहेका ३ भाई आगोमा जलि कालो भई लाजले मन्दिरबाट बाहिर निस्कन नमान्ने गरेको किंवदन्ती रहि आएको छ । यहाँ रहेका देवता एक भाई भुमे र २ भाइ खड्क हुन् ।

रविन विश्वकर्मा
प्यूठान नगरपालिका१० पातिहाल्ना, प्यूठान