प्यूठान । जन्मदिनको अवसर पारेर नेकपा (एमाले)का युवा नेता श्रीधर रोकाले बिरामीलाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रोकाले माण्डबी गाउपालिका-१ तिरामका क्यान्सर पीडित नवीन वस्नेत र प्यूठान नगरपालिका-४ कार्किडाँडाका अढाई वर्षिय संयोग अधिकारीको उपचारका लागि संचालित सहयोग संकलन अभियानमा रकम थप गरि सहयोग हस्तान्तरण गर्नुभएको हो ।
बस्नेतलाई २८ हजार र अधिकारीलाई १ लाख ५ हजार पाँच सय ३३ रुपैया वडा अध्यक्षहरुको रोहवरमा हस्तान्तरण गरिएको युवा संघ प्यूठानका पुर्व अध्यक्ष समेत रहनुभएका रोकाले जानकारी दिनुभयो ।
बस्नेतको उपचार सहयोगमा युवा संघ माण्डबी गाउपालिकाका अध्यक्ष समीर बस्नेत र अधिकारीको सहयोगार्थ गणेश पाण्डेको नेतृत्वमा सहयोग अभियान संचालन भएको थियो ।
एमाले नेता रोका माण्डबी गाउपालिकाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

