> समाज > मल्लरानी गाउँपालिकाको सार्वजनिक अपिल


मल्लरानी गाउँपालिकाको सार्वजनिक अपिल

प्यूठान, २६ चैत ।
मल्लरानी गाउँपालिकाले बनाएको राहत वितरण मापदण्ड र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्र अनुसार राहत वितरण गरेको जनाएको छ । संकलित २२४ घरपरिवार मध्ये २२३ परिवार स्विकृत गरि राहत वितरण गरिएको अध्यक्ष अमरध्वज रानाले बताउनुभयो ।

रकम अभावका कारण धेरै परिवार समेट्न नसकेको भन्दै पालिकाले दुःख व्यक्त समेत गरेको छ । पुनः आर्थिकको जोहो गरी छुटेकालाई राहत दिने अध्यक्ष रानाले प्रतिवद्धता जनाउनुभएको छ ।

गाउँपालिकाको राहत कोषमा राहत वितरण गर्न चाहने व्यक्ति संघ संस्थालाई रकम गर्न समेत पालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले सार्वजनिक अपिल गर्दै नेपाल बैंक लिमिटेडको विपद् व्यवस्थापन कोषको खाता नं. ०५२०३००००००००५००४००१ मा रकम जम्मा गरिदिनु अनुरोध गरेको छ । त्यस्तै जिन्सी सहयोग गगर्नका लागि अनिवार्य स्विकृत लिएर एकद्धार प्र्रणाली मार्फत राहत वितरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *