प्यूठान, २८ असार । प्यूठानका एक युवाको शव दाङको सिसहनीया स्थित राप्ती नदिमा भेटिएको छ ।
मल्लरानी गाउँपालिका–५ खैराका ३२ वर्षीय दिपक थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
थापा हिजो शनिबार दिउँसो देखि बेपत्ता रहेको भन्दै खोजी भइरहेको थियो । आज दिउँसो शव भेटिएको हो ।
यसैबीच, ऐरावती गाउँपालिकाको पकलामा एक महिलाको शव फेला परेको छ । महिलाको शवको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
