प्यूठान । जिल्लामा १८ हजार डोज कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । यहि साउन २७, २८ र २९ गते जिल्लाभर कोभिड खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
पालिका मार्फत माग भई आए बमोजिम १८ हजार डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताउनुभयो । अझै पनि कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको र रोग लाग्नबाट सुरक्षा दिनका लागि खोप दिन लागिएको उहाँले बताउनुभयो ।
१२ वर्ष उमेर माथिका सबैलाई खोप दिन लागिएको हो । फाईजर बायोएटेक खोप १२ वर्ष भन्दा कम उमेर, विरामी अवस्था, अन्य भ्याक्सीको गम्भिर प्रकारको प्रतिक्रिया भएको भए खोप लगाउन मिल्दैन ।
आईतबार स्वास्थ्य कार्यालय प्यूठानले कोभिड खोप अभियान संचालन बारे खोप समन्वय समिति र संचारकर्मीहरुको लागि अभिमुखिकरण गरेको हो ।
