राजनीतिराष्ट्रियस्थानीय सरकार

माण्डवी गाउँपालिकाको शिक्षा शाखामा तालावन्दी, राजनीतिक आरोप प्रत्यारोप

प्यूठान । शुक्रबार दिउँसो माण्डवी गाउँपालिकाको शिक्षा शाखामा चार राजनैतिक दलले तालावन्दी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा शिक्षा शाखामा तालावन्दी गरेका हुन् ।

 

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा ‘शिक्षा ऐन अन्र्तगत गठन भएका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको अधिकार कटौती हुने गरि असोज २५ गते गाउँ कार्यपालिकाको बैठकबाट शिक्षा नियमावली २०७४ नियम ५४ उपनियम १,२ संसोधन गरी ठाडो नियुक्ति दिने हिसावले विज्ञापन खोली ऐन विपरीत कार्य गरेको’ भन्दै तालावन्दी गरेको जनाइएको छ ।

उक्त निर्णय सच्चाउन माग गर्दै गाउँपालिका अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 


शिक्षा क्षेत्रमा राजनीति नगर्न आग्रह

तालावन्दीको घटनापछि माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले विज्ञप्ती जारी गरि शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति नर्ग आग्रह गर्नुभएको छ ।

रोकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘गाउँ शिक्षा नियमावली २०७४ बनाई शिक्षाका समग्र गतिविधिहरु कानुन सम्मत गरेका छौं ।

 

शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनिति गर्नु विवेक शुन्य हुनु हो ।’ जुनसुकै विषयमा सम्वाद र छलफल मार्फत अगाडी बढ्न गाउँपालिका प्रतिवद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Back to top button