प्यूठान । जिल्लामा खोप अभियानलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने ९ वटा पालिकाका ९ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।
पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा सभाको अवसरमा नारिकोट स्वास्थ्य चौकी गौमुखीका अनमि पुजा कुमारी चौधरी, खवाङ स्वास्थ्य चौकी नौबहिनीका सिनियर अनमी अनिशा पुन, बाँदिकोट स्वास्थ्य चौकी झिमरुकका सिनियर अनमी मुमा एमसी, धर्मावती स्वास्थ्य चौकीका सिनियर अनमी देवका कुवरलाई सम्मान गरिएको हो ।
त्यस्तै आधारभुत स्वास्थ्य चौकी चुजा मल्लरानीका अहेव शिला आचार्य, गोठिवाङ स्वास्थ्य चौकी स्वर्गद्वारीका सिनियर अहेव यमकला पुन, तिराम स्वास्थ्य चौकी माण्डबीका सिनियर अहेव बासुदेव घर्ती, धुवाङ स्वास्थ्य चौकी ऐरावतीका अहेव लक्ष्मी खत्री धामी र बुढिचौर आधारभुत स्वास्थ्य केन्द्र सरुमारानीका अनमी शोभा नेपालीलाई सम्मान गरिएको हो ।
खोप ब्यबस्थापनमा महत्वपुर्ण सहयोग पुर्याउने स्वास्थ्य कार्यालयका सहायक गणेश बिष्टलाई सम्मान गरिएको छ ।






