> स्थानीय सरकार > गठबन्धन विरुद्ध एक्लै लड्दै रोका, सेवा सुविधा नलिने प्रतिवद्धता


गठबन्धन विरुद्ध एक्लै लड्दै रोका, सेवा सुविधा नलिने प्रतिवद्धता

प्यूठान । माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका पुनः पालिका अध्यक्षमा दोहोरिने भन्दै सेवा सुविधा नलिने प्रतिवद्धता जनाउनुभएको छ ।


पालिका भित्रका राजनीतिक दलहरुले गरेको चुनावी गठबन्धन विरुद्ध ‘जनगठबन्धन’ गरि अघि बढेको बताउँदै पालिकाबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो ।

रोकाले आफूले पाउने सेवा सुविधा बापतको रकम पालिका भित्रकै असहायका लागि सहयोग गर्ने बताउनुभयो । यसअघि आफूले पालिकाको समग्र विकासका लागि गरेको कामका आधारमा जनताले मत दिने उहाँको विश्वास छ ।

 

पहिलो कार्यकालमा आफूले घोषणा गरेको अधिकांश काम पुरा गरेको बताउँदै अबको कार्यकालमा पालिकालाई समृद्धिको यात्रामा अघि बढाउने उहाँको दावी छ । राजनीतिक पूर्वाग्रह विना विकास निर्माणका काम गरेकाले पनि आफूलाई माण्डवीबासीले पुनः अध्यक्षको रुपमा हेर्न चाहेको उहाँको भनाई छ ।

 

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नवराज अधिकारी (रोसन) अध्यक्षको उम्मेदवार हुनुहुन्छ । यसअघि उहाँ अध्यक्ष रोकासँग १२ मतले पराजित हुनुभएको थियो । ०७४ को निर्वाचनमा एमालेको संगठन कमजोर भएको अवस्थामा पनि जित हासिल गरेको भन्दै रोकाले यसपाली संगठन पालिकामा बलियो रहेको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *