> समाज > प्यूठानमा १८ हजार बीमाबाट ५१ करोड संकलन


प्यूठानमा १८ हजार बीमाबाट ५१ करोड संकलन

प्यूठान । जिल्लामा १८ हजार ८८५ सक्रिय जीवन बीमा लेख रहेका छन् । जसबाट ५१ करोड ५४ लाख २५ हजार ५४० रुपैंया संकलन भएको छ ।

 

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा १० लाख ५६ हजार ८८३ जीवन बीमालेख सक्रिय रहेको छ । जसबाट २४ अर्ब ३३ करोड ९३ लाख २९ हजार १७२ रुपैंया संकलन भएको छ । प्रदेशमा ४७ दश्मलव ९७ प्रतिशत जनसंख्यामा बीमा पहुँच पुगेको प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले जानकारी दिनुभयो ।

 

४ लाख बढि निर्जिवन बीमालेख रहेको लुम्बिनी प्रदेशमा यसबाट ३ अर्व ५२ करोड संकलन भएको छ । १६ हजार ९७३ भुक्तानी दावी भएकोमा हालसम्म १३ हजार ३९४ भुक्तानी भैसकेको प्राधिकरणले जनाएको छ ।

 

बीमा कम्पनीहरुको नियमनकारी निकाय प्राधिकरणको प्रदेश कार्यालय स्थापना भएपछि सेवाग्राहीले सल्लाह, सुझाव र गुनासो राख्न सहज भएको उहाँले बताउनुभयो । जीवन बीमाका लागि १४ वटा कम्पनीले इजाजत लिएका छन् ।

 

निर्जिवन बीमाका लागि १४, पुर्नः जीवनका लागि २ वटा, लघु बीमाका लागि ७ वटा कम्पनीले इजाजत लिएका छन् भने ४ लाख बढि अभिकर्ता, १ हजार ४१५ सर्भेयर र १६ वटा ब्रोकर रहेको प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले जनाएकोछ ।

 

प्राधिकरणका प्रदेश प्रमुख जमुना अर्याल आचार्यको अध्यक्षता, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीको प्रमुख आतिथ्यतामा सोमबार जुम्रीमा पत्रकारहरुसँग छलफल भएको छ ।

 

कार्यक्रम बोल्ने वक्ताहरुले भुक्तानी दाबी वापतको रकम समयमै भुक्तानी हुन्छ भन्ने बिश्वास बढाउनुपर्नेमा जोड दिएका थिए ।