प्यूठान । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निति तथा कार्यक्रम बमोजिम ऐरावती गाउँपालिकाले डाक्टर अध्ययनरत एक विद्यार्थीलाई १३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
काठमाण्डौ विश्वविद्यालय अन्तरगतको स्कुल अफ मेडिकल साइन्समा एम.वि.वि.एस. तेस्रो वर्षमा अध्ययनरत ऐरावती गाउँपालिका-२ का अजय जिसीलाई छात्राबृत्ती प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताउनुभयो । आमा बसन्ता जिसीलाई छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरिएको हो ।
एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तर रहेको गाउपालिकाले जनाएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले अध्ययन पश्चात गाउँपालिका भित्र तीन वर्षसम्म नेपाल सरकारको सुविधामा रहनेगरी सेवा दिनुपर्नेछ ।
