महेश थापा
प्यूठान । गएराती नौवहिन गाउँपालिका वडा नं. ६ बल्लेखोला स्थित रमेश केसीको घरबाट चोरी भएको १५ तोला सुनमध्ये ९ तोला घरमै भेटिएको छ ।
दराजमा दुई वटा पोकामा राखिएको गहनामध्ये एउटा पोकाको गहना घरभित्रै फेला परेको हो ।
प्यूठान नगरपालिका ८ स्थित धाइरेमा दुई वटा पसल फोडिएको छ । जसमध्ये एउटा पसलबाट नगद र अर्को पसलमा सुनको तिल्लरी चोरी भएको पाइएको छ । प्यूठान नगरपालिका ८ कै दम्तीमा समेत एउटा पसल फोडिएको प्रहरीले जनाएको छ ।
