> राष्ट्रिय > मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु


मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

प्यूठान । प्यूठानमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जना युवकको ज्यान गएको छ ।
सरुमारानी गाउँपालिका-६ मोतिपुरमा लु ५८ प ६१२० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा झिमरुक गाउँपालिका-४ बांगेफेदी निवासी २४ वर्षीय शेर शुलभ शाहको दुर्घटनामा ज्यान गएको जिल्ला पैहरी कार्यालय प्यूठानले जनाएको छ ।
बुटवलबाट प्यूठान आउने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी निरीक्षक शुसिल थापामगरले जानकारी दिनुभयो । टाउँकोमा चोट लागेको शाहको उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *